Opening poem
poem
यादहरुको किताब एक
राखेकी त थिएँ मैले पनि ती असीमित र अनगिन्ती यादहरु बन्द गरी एक सुरक्षित सन्दूकमा ती हर्षित अनुहारहरू
सोचेको त कसले थियो र आज तिनै यादहरुलाई संगाल्नेछु कल्पना न गरेकी थिएँ त्यही बन्द बाकस खोल्नेछु
पलहरु ती दिनका जहाँ साथ हुन्थ्यौं रमाएर आज सम्झनाको रूपमा दुख्छ ऑखा रसाएर
कहिले होला भेट भनि सोध्दा सोध्दै थकित छु मुहारमा मुस्कान भर्ने दिनकै आशमा म लीन छु
कति पो थामोस्, कति सम्हालोस् यी तृष्णा कुञ्जित मनको रित्तिँदै छ बाकस नि अब च्यात्दै पाना ती यादको
त्यही बन्द किताबको ।।
#poetry #poemsofig #poetryofinstagram #poem #poemsofinstagram #writersnepal #writer #poemsofnepal #poemsofig #poems